काठमाडौं । नेपालगञ्ज विमानस्थलमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
श्री एयरमार्फत काठमाडौं जान लागेका सापकोटाको विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोमबार बिहान साढे ७ बजे पक्राउ परेका सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने बताइएको छ ।