दुलेगौंडा । शुक्लागण्डकी विद्युत तथा पल्म्बर सेवा समितिको अध्यक्षमा बालकुमार वाग्ले चयन भएका छन् । शनिबार खैरेनीटारमा सम्पन्न नवौं साधारणसभा तथा चौथो अधिवेशनले बालकुमारलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भानु भुजेल, सचीवमा केशवराज पौडेल, कोषाध्यक्षमा विजय थापा छेत्री, सह सचिवमा बल राम सपकोटा चयन भए । यसैगरि सदस्यहरुमा मिलन सुबेदी, बुद्धि आले, उपेन्द्र श्रेष्ठ, सरद थापा, युवराज श्रेष्ठ र बिकाश थापा मगर रहेका छन् ।
समितिका अध्यक्ष बालकुमारको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी स्वरोजगार समितिका सदस्य यामबहादुर आले, शुक्लागण्डकी नगरपालिका–८ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद रेग्मी लगायतको उपस्थित रहेको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका वडा नं। ६ का अध्यक्ष बुद्धि बहादुर थापाले विद्युत तथा पल्म्बर क्षेत्रमा काम गर्ने प्राविधिकहरु एकत्रित भएर अगाडी बढ्दा आफ्ना हक अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गरे ।