दुलेगौँडा । नेपाल क्षेत्री समाज शुक्लागण्डकी नगरपालिका–८ को वडा कमिटी अध्यक्षमा चित्रबहादुर लम्साल चयन भएका छन् । शुक्रबार ढोरफिर्दीस्थित हिमाली टोलमा भएको प्रथम अधिवेशनले चित्रबहादुरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रमेश महत, सचिवमा क्या. दिपक क्षेत्री, कोषाध्यक्षमा अञ्जाना क्षेत्री, सचिवमा शिव अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विष्णुमाया थापा, कल्पना महत, अर्जुन महत, शिव खाँती, कमलबहादुर महत, कैलाश महत, पार्वती बानियाँ, शेरबहादुर भट्ट, कल्पना अधिकारी र टेकबहादुर महत चयन भएका छन् । अधिवेशनले पिताम्बर खाँतीलाई नगर प्रतिनिधि र नरेन्द्र प्रताप महतलाई सल्लाहकारमा चयन गरेको छ ।
अधिवेशनको अवसरमा क्षेत्री दाजुभाई तथा चेलीबेटी भेटघाट तथा तिजको शुभकामना आदान प्रदान गर्दै दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत प्रमुख अतिथिको रुपमा सहभागी थिए ।