दुलेगौँडा । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित १८ औँ तिज कप सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बाेल्दै शुक्लागण्डकी-८ का वडाध्यक्ष नारायण सिंं थापाले खेलकुदलाई स्वास्थ्य र मनाेरञ्जन संग मात्रै नजाेडेर व्यक्तित्व, नेतृत्व र सामाजिक विकासको रूपमा पनि हेरिनुपर्ने बताए ।
क्लबका अध्यक्ष अमृत गुरुङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य अशाेक महत लगायतको उपस्थिति रहेको थियाे ।
प्रतियोगिताको विजेताले रु. ७७ हजार ७७७ र उपविजेताले रु. ४४ हजार ४४४ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु। ३ हजार र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेण्डर र उदयीमान खेलाडीले जनही रु. २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
सोही अवसरमा ३३ बर्षमाथिको भेट्रान्स फुटबल प्रतियोगिता समेत हुने भएको छ । प्रथमले खसी, द्धितीयले बोकासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल गाउँफर्कोदय माविको खेल मैदानमा असोज ०१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।