पोखरा । कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा सम्पन्न भजन प्रतियोगितामा देविस्थान भजन समुह (पोखरा–२५ हेम्जा) प्रथम भएको छ । राधाकृष्ण संस्कृतिक समुहले आयोजना गरेको प्रतियोगितामा सहभागि २० समुहलाई पछाडि पार्दै देविस्थानले प्रथम स्थान हासिल गरेको हो । प्रथम भएसंगै देविस्थानले नगद ४५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।
यसैगरि प्रसतयोगितामा धर्माेदय भजन समुह (पाल्पा) द्धितीय, मातृकेश्वर भजन समुह (हेम्जा) तृतीय र पञ्चासे भजन समुह (ठुलाचौर) सान्त्वना भएको छ । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले नगद ३५ हजार, २५ हजार, १५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि सम्पूर्णलाई यातायात खर्च बापत ५ हजार प्रदान गरेको छ ।
भजन समुहका अभ्यक्ष सञ्जय ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान गण्डकीका कुलपति सुर्यबहादुर खड्का (विखर्जी), रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा नम्बर ३२ का वडा सदस्य तिर्थबहादुर सुयेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रय, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिती रहेको थियो भने समुहका सह–सचिव भरत थापा र सदस्य विनोद भण्डारी कार्यक्रम सञ्चालकको रुपमा रहेका थिए ।