• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

“चौतारा जोगाउँनु पर्छ, फाल्ने होईन”

Staff Reporter by Staff Reporter
August 11, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

(भिडीयो रिपोर्ट सहित)

हरि खरेल/दुलेगौंडा । धार्मिक तथा वातावरणीय हिसाबले महत्वपुर्ण मानिएका चौताराहरु पछिल्लो समय मासिदै गएका छन् ।बटुवाहरु आउदाँ जादाँ थकान मेटाउने चौतारोहरु मासिदै जान थालेपछि बुढापाकाहरु प्नि चिन्तित् छन् । यसै बिच तनहुँको शुक्लागण्डकी नगरपालिकाले चौतारो संरक्षण अभियानलाई तीब्रता दिदै आएको छ । आर्थिक बर्ष २०७७/७८ मा नगरपालिकाले १८ वटा चौताराहरुको निर्माण तथा मर्मत संभार गरेको छ ।

चौतारो सबैको साझा थलो रहेकाले मास्न हुदै नहुने स्थानीय जीवन नाथ गर्तौला बताउँछन् । “पहिले एक किलो मिटरमा करिब १० वटासम्म चौतारा हुन्थ्यो,अहिले किन मासियो भन्दा खेरी बाटो खन्दै ल्याए,गोरेटोसम्म पु¥यायो र चौतारो नजिक पु¥याएपछि बुटो ढाल्न पाईयो उनले भने यसले गर्दा अलिकति राहात(पैसा) पनि आयो, अर्काे रोपौला भन्ने,तर रोप्नी कुरो छैन् ।” अक्सिजन पनि दिने र धार्मिक हिसाबले पनि महत्वपुर्ण रहेको हुदाँ चौतारो मास्न नहुने गर्तौला बताउँछन् । “हामीले मिटर राखेका छम् घरमा, त्यसको ट्याक्स तिरेका छम्, पानीको धाराको शुल्क तिरेका छन् तर यि चौतारोमा बसेको र चिसो हावा खाएको हामीले दिएका छैनौ”—उनले भने—“यसले हावा कति जनालाई दिएको छ,म यो पार्टीको नि भन्दैन, उ पार्टीको नि भन्दैन, सबैलाई हावा दिएको छ,यस्तालाई हामीले नरोपेर हुन्छ ?”

काम गर्न नसक्ने अवस्था भएपछि चौतारो आफ्नो साहारा बनेको शुक्लागण्डकी ३ का स्थानीय बयोवृद्ध रुद्रमणी तिमिल्सिनाले बताए ।“चौतारा त पहिले देखी नै बुढापाकाहरुले सार्ने, सफा गर्ने, मान्छे बस्ने, भारी बिसाउने गर्थे,” उनले भने, “जम्मै पापले भरियो त्यसैले गर्दा बरपिपल मासियो, नत्र बरपिपल फाड्न हुदैन ।”

दिनभरी चौतारोमा आफु सरहका साथिहरुसंग बस्ने र बेलुकीपख घर जाने गरेका स्थानीय वृद्ध होमबहादुर कार्कीले चौतारो जोेगाउनु पर्ने बताए ।“तलबाट आउने मानिसहरुलाई बस्न पनि ठिक हुन्छ, माथिबाट आएकालाई पनि बस्न ठिक हुन्छ, पानी आए पनि यही बस्न भयो, घाम लागेर पोले पनि यहिँ आएर बस्न ठिक भयो” उनले भने ।

चौतारोबाट सानैदेखी आफुहरुले पनि सुविधा लिएको र वृद्धा व्यक्तिहरुको पनि समय बिताउने स्थान रहेको स्थानीय मेघबहादुर भण्डारी बताए ।“चौतारा मास्नु चाँहि राम्रो होइन,जसले चौतारो र पार्टीपौवा मास्छन्,त्यस्तो कामलाई राम्रौ मानिदैन ”उनले भने–तर अहिले आफ्नो स्वार्थका लागि चौतारे फलिराखेका छन् ।”

यता,शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले चौतारो संरक्षण कार्यलाई वडा कार्यालयले पनि अभियानकै रुपमा सञ्चालन गरेको बताए । ठाउँ ठाउँमा विकास निमार्णका कार्य गर्दा चौताराहरु मासिदै जान थालेपछि उपभोक्ताको माग र वडाको अभियानद्धारा चौतारो संरक्षण कार्यलाई निरन्तरता दिएको उनको भनाई छ । आफुहरु निर्वाचित भएर आएको दोस्रो बर्षदेखि नै चौतारा संरक्षणमा कार्ययोजनासहित जुटेको वडाध्यक्ष भण्डारी बताउँछन् । “धार्मिक महत्व र प्राकृतिक पर्यावरणलाई सन्तुलन राख्न चौतारोको पनि महत्व छ, हामीले अभियानको रुपमा संरक्षण हुन नसकेका चौताराहरु खोजी खोजी जोगाउने काम गरिरहेका छौँ,अहिलेसम्म नगरको लगानीमा एउटा र वडाको लगानीमा १५ वटा चौताराको मर्मत सम्भार गरी गरेका छौँ, यसबर्ष पनि चौतारो संरक्षण कार्यले निरन्तरता पाउँछ”–उनले भने ।

नगरपालिकाका वातावरण शाखा प्रमुख राजेन्द्र सोतिले प्रति चौतारा १ लाखको दरले रकम विनियोजन गरिएको बताए । उनले वडा नं ४, ६ र ९ बाहेक अन्य सवै वडामा सार्वजनिक चौतारा संरक्षण तथा निर्माण अभियान चलाएको बताएका थिए । “विशेष गरेर ग्रामिण क्षेत्रमा चौताराहरु लोप हुदै गएको हुदाँ नगरपालिकाले अभियानकै रुपमा संञ्चालन गरेकोे छ”–उनले भने–“गत बर्ष नगरमा नयाँ तथा पुराना गरि १८ वटा चौतारो संरक्षण गर्ने काम सम्पन्न भयो ।”

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.