दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण जात्रा निकालिएको छ । बिहीबार बिहान आर्दश समाज दुलेगौंडा र अरिदेव नेवा पुचः सेवा कोषले छुट्टाछुट्टै रुपमा राधाकृषण जात्रा निकालेको थियो ।
जात्रामा राधाकृष्णको रथ पछाडी राधाकृष्ण, शिव–पार्वती, गणेश लगायतको भेषभुषमा सझिएको झाकी सहित बजार परिक्रमण गरेको थियो ।