दुलेगौंडा । पञ्चमुनिदेव माध्यमिक विद्यालयकी शिक्षिका टुकादेवी आचार्य पाैडेल ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट पुरस्कृत भएकी छिन् ।
पी.पी. प्रसाईं फाउन्डेसनले प्रत्येक प्रदेशका एक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, तनहुँका टुकादेवी आचार्य पुरस्कृत भएका छन् । यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा.वि. तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी सम्मानित भएका छन् ।
पुरस्कार पी.पी. प्रसाईं फाउन्डेसनले प्रदान गरेको हो । फाउन्डेसनले उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद दिने गर्छ र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्छ ।