दुलेगौंडा । नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँले स्थापना दिवसको अवसरमा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम परिसरमा रहेको जेष्ठ नागरिक वृद्धाश्रममा २१ हजार रुपौंया आर्थिक सहयोग गरेको हो ।
जेष्ठ नागरिक ज्ञान र अनुभवको स्रोत हुनुका साथै सन्ततिका लागि पथ पर्दशक पनि रहेको हुदाँ जेष्ठ नागरिको सम्मान र संरक्षणमा सबै लागि पर्नुपर्ने कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए ।
युनियनका अध्यक्ष अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उक्त सहयोग रकम संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष राजकुमार वाग्ले र सुमन बहादुर राना मगर, जिल्ला उपाध्यक्ष हिमा पोख्रेल, कार्य समितिका सचिव रामहरि खनाल लगायतको उपस्थिती रहेको थियो ।