दुलेगौंडा । रामचन्द्र लाम्गादेले आजदेखी शुक्लागण्डकी नगरपालिकाको प्रमुख पशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ ५ गतेको निर्णय अनुसार लिला बल्लभ न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएपछि लमजुङको मध्यनेपाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका लामगादे शुक्लागण्डकीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
२२ वर्ष निजमाति सेवा बिताएका लामगादे यसअघि २०६९ सालमा करिव डेढ वर्ष तनहुँको व्यास नगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । साथै २०६६ देखि २०६९ सम्म डिभिजन सहकारी कार्यालय तनहुँमा कार्यरत थिए ।
पदभार ग्रहण गरि उनले तनहुँ जिल्ला आफ्नो लागि अपरिचित र नौलो ठाउँ नरहेको बताउदै नगरपालिकालाई समृद्ध नगर बनाउने कार्यमा आफु अगाडी बढ्ने बताए । यसका लागि जनप्रतिनिधि र कर्मचारीले साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।