दुलेगौँडा । गौ हत्याको विरोधमा शनिबार आज तनहुँको शुक्लागण्डकीमा शान्तिपुर्ण र्याली निकालिएको छ । विश्व हिन्दु महासंघ शुक्लागण्डकी समिति एवम् ॐ कार परिवारकाे आयाेजनामा र्याली निकालिएको हाे ।
¥याली खैरेनीटार गेट र दुलेगौँडाको विपि चोकबाट सुरु भई इलाका प्रहरी कार्यालय बेलचौतरा अगाडि पुगेर टुङगिएको थियो । ¥यालीमा सहभागीहरुले गौ हत्या बन्द गर, नेपालको संविधानको रक्षा गर, सामाजिक सद्भाव कायम गर, जाग नेपाली जाग, हिन्दु राष्ट्र माग, हिन्दु राष्ट्र हाम्रो सान, नेपालीको पहिचान, जय जय गोरख, जय जय काली, हिन्दु राष्ट्र यसै पाली जस्ता नाराहरु लगाएका थिए ।
ब्राहमण समाज शुक्लागण्डकीका अध्यक्ष ऋषिराम पौडेलले विदेशीकरणका तत्वहरुद्धारा गौ हत्याको विज रोपेर विभिन्न जाति तथा धर्मबीच द्धन्द्ध गराएर छुट्याउने फुटाउने प्रयास गरेको बताए । उनले धर्म, गौमाता र देशकोे रक्षाका लागि ¥याली निकालिएको भन्दै धर्म र संस्कारका लागि मर्न समेत तयार रहेको जिकिर गरे । विश्वहिन्दु महासंघ शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरेकोे अध्यक्षतामा भएको ¥यालीमा सहभागी हुन नगरका विभिन्न क्षेत्रबाट मानिसहरु आएका थिए ।