दुलेगौंडा । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको राधाकृष्ण संस्कृतिक समुहले शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा सहयोग गरेको हो । समुहले ५ बोरा चोक्कर सहित पशुआहारा सहयोग गरेको छ ।
समुहले भदौ २० गते हुने ८ औं श्रीकृष्णजन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुड्का तथा झाँकी प्रदर्शन कार्यक्रमको प्रचार अभियान अन्र्तगत रहेर गौं संरक्षण केन्द्रमा सहयोग गरेको समुहका अध्यक्ष सञ्जय ढकालले बताए । ठाउँ र पालिका फरक रहे पनि आपसि सम्बन्ध प्रगाण रहेको बताउदै भजन प्रतियोगितामा सम्पूर्ण भक्तजनलाई उपस्थितीका लागि अनुरोध समेत गरे ।
समुहले च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्साल, देबेन्द्र ढुगाना, युवा अभियान्ता शंकर पन्त, लाई उक्त पशु खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । हाल गौं संरक्षण केन्द्र मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको मातहतमा रहेको छ । संरक्षण केन्द्रमा १५० भन्दा बढी गाईहरु रहेको छ ।