दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र ७ प्रजातीका गिद्द पाईने पोखरा पन्छि समाजले जनाएको छ ।
अन्तराष्ट्रिय गिद्द सचेतना कार्यक्रम अन्र्तगत आज देशभरी गिद्द गणना भइरहेको छ । सोही अनुसार नगरपालिकामा डंगर गिद्द, सुन गिद्द, हिमाली गिद्द, सेतो गिद्द, राज गिद्द, सानो खैरे गिद्द र खैरे गिद्द पाईएको पोखरा पन्छि समाजका अध्यक्ष मनसान्त घिमिरेले बताए ।
उनका अनुसार परावरणीय सन्तुलन कायम गर्नका लागि पनि गिद्दको संरक्षण गर्न आवश्यक रहेको बताए । ‘गिद्दले वातावरणमा रहेको सिनो खाने हुन्छ । अन्य जिवजन्तुले खाए पनि केही न केही अवशेष बाकी राख्छ, तर गिद्दले भने त्यस्तो गर्दैन । जसले प्रकृतिमा प्रदुषण हुदैन’ उनले भने’ जुन ठाउँमा गिद्दको बसोबास रहन्छ, उक्त क्षेत्र सफा र प्रदुषण रहित हुन्छ ।’
पछिल्लो समय गिद्दको महत्व नबुझ्दा केही गिद्दहरु लोप हुने अवस्था सिर्जना भएको पोखरा पन्छि समाजका अध्यक्ष घिमिरेले बताए ।