दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ को संगम स्थल पुल्चोक क्षेत्रमा शुसासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले पिस पार्क बनाउनका लागि सरसफाई गरेको छ । करिब १२ रोपनी क्षेत्रफल भएको जमिनलाई सदुपयोग गर्दै नगरकै नमुना पिकनिक स्र्पाेर्ट बनाउने लक्ष्यका साथ अभियान अगाडी बढेको छ ।
अभियानले गत शनिबारदेखी पसि पार्क निर्माण अबभियान सुरु गरेको थियो । पहिलो चरणमा सरसफाई गर्ने र दोस्रो चरणमा आवश्यक पुर्वाधार निर्माण गरि व्यवस्थित पिस पार्क निर्माण गर्ने कार्यक्रम संयोजक कोमलबहादुर बानियाँले बताए ।
अभियानले पार्क बनाउने कार्य थालनी गरेता पनि तिब्बती शरणार्थीले भने पार्क बन्न लागेको क्षेत्र आफुहरुको रहेको दाबि गरेका छन् । शरणर्थीले आफ्नो हठ नछाडे पनि अभियानले भने आफ्नो कार्य गर्दै जाने बताए ।