तनहुँ । नेपाल आयल निगमले आजदेखी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि भएको जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।
त्यस्तै, खाना पकाउने ग्यासको एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बृद्धि भएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो ।
त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेल र मट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।