दुलेगौंडा । नेपाली कांग्रसको शुक्लागण्डकी नगर कार्यसमितिमा २१ जना सदस्य मनोनित भएका छन् । समितिले नेपाली कांग्रसको विधान २०१७ (संसोधन सहित २०७८) अनुसार सदस्यलाई मनोनित गरेको छ ।
समितिले कांग्रेसको नगर कोषध्यक्षमा टिकादेवी पौडेल र नगर प्रवक्तामा विवेक खनाललाई मनोनित गरेको छ ।
यसै गरि नगर सदस्यमा सुबास मल्ल, किसान थापा, शिब अधिकारी, कुमार गुरुङ, यदुमाया न्यौपाने, दिर्घबहादुर बस्नेत र किशोर महतलाई मनोनित गरेको छ । नगर कार्यसम्पादन समितिमा केशुमाया गुरुङ। किसान थापा, सुबास मल्ल, मिठुमाया थापा, ढाकाराम गिरी, सुजन पौडेल, धु्रवराज घिमीरे, मंजुकुमारी श्रेष्ठ, चन्द्रबहादुर मल्ल, गोविन्द आले, गंगाराम भट्टराई र कुमार गुरुङ मनोनित भएको नेपाली कांग्रेसका नगर सचिव शिवराज रेग्मीले बताए ।