दुलेगौंडा । समाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ दुलेगौंडा–खैरेनी सिटी र लियाे क्लब अफ दुलेगौंडा-खैरेनी सिटीकाे संयुक्त आयाेजनामा भएको रक्तदान कार्यक्रम १०८ पिन्ट रगत संकलन भएको छ ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्नका निम्ती रक्तदान कार्यक्रम गरिएकाे क्लबका अध्यक्ष शिव पौडेलले बताए । नेपाल रेडक्रस साेसाईटी प्रादेशिक रक्तसंञ्चार सेवाकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न गरिए क्लकका अध्यक्ष पाैडेलले बताए ।
क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत रहेर कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रम दुलेगौंडा स्थित बन्केवा चोकमा भएको थियाे ।