दमौली । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फरार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ स्थित ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थापामाथि गत साउन ३१ गते १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पिडित परिवारले घटनाबारे जानकारी प्राप्त गरेपछि प्रहरीमा उजुरी गरेको थियो । तत् पश्चात निज थापा फरार रहेका थिए ।
फरार रहेका थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।