दुलेगौँडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी महोत्सव २०७९ मा भएको सम्पूर्ण आयव्यय सार्वजनीक गरिएको छ । संघले महोत्सव सम्पन्न भएको पाँच महिनापछि मात्रै आयव्याय सार्वजनीक गरेको हो ।
संघले सोमबार तीनखोले देवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो । महोत्सवबाट कुल ६१ लाख ६७ हजार ७६६ रुपैयाँ आम्दानी भएको महोत्सवका आर्थिक निर्देशक विनोदकुमार मल्लले जानकारी दिए । उनका अनुसार विभिन्न शिर्षकमा कुल ५० लाख ५५ हजार ७६२ खर्च भएको छ ।
महोत्सवबाट खुद ११ लाख १२ हजार ४ रुपैयाँ नाफा देखिएको छ । जसमध्ये १ लाख ४० हजार ८०० उठ्न बाँकी छ भने नगद मौज्दात १५ हजार रुपैयाँ रहेको छ । उठ्न बाँकीमा आइस क्रिम ठेक्का ठेकैदारबाट ७० हजार ८ सय, खुल्ला चौर ठेक्का लिएका ठेकेदारबाट २० हजार र स्थानीय श्रृङ्गा यातायात व्यवसायी समितिबाट ५० हजार देखिएको छ ।
महोत्सवमा टिकट विक्रीबाट १९ लाख ४६ हजार ६००, स शुल्क पासबाट ५९ हजार ३००, पार्किङ शुल्कबाट २० हजार, स्टलबाट २० लाख ४५ हजार ८५०, कन्सर्टबाट ८ लाख १४ हजार ६००, खुल्ला चौरबाट ४ लाख, कवाडी सामान विक्रीबाट ३ हजार ५००, विभिन्न प्रतियोगिताबाट टिम दर्ता १ लाख १९ हजार ,बैँक व्याज ३४ हजार ९१६, सहयोग संकलनबाट ७ लाख २४ हजार रुपैयाँ आम्दानी भएको मल्लले बताए ।
त्यस्तै, कलाकार खर्च ८ लाख २१ हजा, कन्सर्ट ५ लाख ५० हजार, पुरस्कारमा ७ लाख ४७ हजार २३५, चिया, खाजा र खानामा ४ लाख ६९ हजार ३३५, मायाँको चिनो र खादा खरिदमा ३ लाख २३ हजार ६२९, जग्गा व्यवस्थापन सरसफाईमा रु। २ लाख ९४ हजार ९७६, साउण्ड सिस्टममा ४ लाख ५० हजार, प्रचारप्रसारमा २ लाख २३ हजार ८९५, विमा शुल्क १ लाख १९ हजार ९००, विधुत जडान तथा महशुल खर्च १ लाख ३२ हजार २४३ लगायत गरी विभिन्न शिर्षकमा उक्त खर्च भएको हो ।
संघका अध्यक्ष विमल प्रसाद रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्सव निर्देशक समुन्द्रराम श्रेष्ठ, प्रवक्ता सुजित हिराचन, वडा नं ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, संघका महासचिव उपेन्द्र तिमिल्सिना लागयतले महोत्सवको उपल्बधी र सुझाव प्रस्तुत गरेका थिए ।