दुलेगौंडा । समाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ दुलेगौंडा–खैरेनी सिटीले भदौ १२ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत रहेर रक्तदान कार्यक्रम गर्न लागेको हो । ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्नका निम्ती रक्तदान कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष शिव पौडेलले बताए । ‘हामीले रगत नदिए, बिरामीले कसरी रगत पाउने ? त्यसैले हामीले रगत दान गर्दा कसैको ज्यान बच्छ भने यस पुण्य कार्य गर्न हामी पछि पर्नु हुदैन् ।’ उनले भने ।
रक्तदान कार्यक्रम भोलि (भदौ १२ गते) दुलेगौंडा स्थित बन्केवा चोकमा हुने कार्यक्रमका संयोजक ठान प्रकाश न्यौपानेले बताए । उनले सम्पूर्ण रक्तदाता महानुभावलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।