दुलेगौंडा। पोखरा महानगरपालिका–३२ लामेआहालमा खुल्ला भजन चुड्का प्रतियोगिता आयोजना हुने भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण संस्कृतिक समुहले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
मौलिक भजन चुड्काको संरक्षण गर्ने मुल उदेश्यले प्रतियोगिता आयोजना गरिएको समुहका अध्यक्ष सञ्जय ढकालले बताए । उनका अनुसार बजारमा आएका रेकर्डेट भजनले मौलीक भजन गाउने प्रचलन हराउदै गएको हुदाँ युवा पुस्तालाई पनि यस तर्फ आकर्षण गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ४५ हजार, द्धितीयले ३५ हजार, तृतियले २५ हजार, सान्त्वनाले १५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै प्रतियोगितामा सहभागि हुने हरेक समुहलाई यातायात बापत पाँच हजार दिईने आयोजकले बताएको छ । अध्यक्ष ढकालका अनुसार प्रतियोगितामा चर्चित भजन गायक गयिकाको प्रस्तुतीका साथै विभिन्न जातिय झाँकी समेत प्रस्तुत गरिने छ । कास्की, तनहुँ, बाग्लुङ, स्याङजाकासाथै अन्य जिल्लाका करिव १८ समुहको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिता यहि भदौ २० गते कास्कीको पोखरा महानगरपालिका–३२ स्थित श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम अन्तर्गत राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय र वृद्धाश्रमम सञ्चालित हुने छ ।