दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र एक्ले डाडाँ रहेको जीर्ण अवस्थाको नेपालको झण्डा फेरीएको छ । शनिबार एक्ले डाँडा विकास समितिले जीर्ण अवस्थामा रहेको झण्डा हटाएर नयाँ भण्डा राखेको हो ।
झण्डा फेर्ने कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर वि.क (राजु)ले एक्लेडाडाँलाई नगरको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगर सकारात्मक रहेको बताए । उनका अनुसार यस आर्थिक बर्षमा पुर्वाधार विकासका लागि ७ लाख रुपौंया बजेट बिनियोजन गरिएको छ । एक्ले डाँडालाई मिलेनीयम ट्रेकको बाटोको रुपमा विकास गर्ने समेत बताए ।
कार्यक्रममा बोल्दै एक्लेडाँडा विकास समितिका अध्यक्ष सुरेन्द्र सेन ठकुरीले राजनीतिक घेराभन्दा बाहीर रहेर पर्यटकीय क्षेत्रको रुपमा एक्लेडाडाको विकास गर्ने बताए । उनका अनुसार समितिले पहिला एक्लेडाडामा आवश्यक पूर्वाधार तयार गरि आन्तरिक तथा बाहिय पर्यटकको लागि गन्तव्य स्थान बनाइने छ ।
समितिका अध्यक्ष ठकुरीको सभापतित्वमा भएको झण्डा फेर्ने कार्यक्रममा उपप्रमुख राजु, वडाध्यक्ष नारायण सिं थापा, वडा सदस्य अशोक महत, पूर्व वडाध्यक्ष कृष्णप्रसाद रेग्मी लगायत टोल विकास संस्था र एक्ले टोलका स्थानीयहरुको उपस्थिती रहेको थियो ।