दुलेगौंडा । ईलाका प्रहरी कार्यालय बेलचाैतारकाे प्रमुखकाे जिम्मेवारी सम्हाल्न प्रहरी निरीक्षक गणेश सुवेदी आएका छन् । बुधबार तालुक केन्द्रिय अनुसन्धान ब्युरो पिलर ३ ठगी, किर्ते, बाल यौन दुराचार, मुद्रा अपचलन, पुरातात्विक अपराध शाखा काठमाणडौबाट सरुवा भई सुवेदी बेलचाैतारा आएका हुन् ।
यसैगरी बेलचाैताराकाे प्रमुखको जिम्मेवारी सम्हालेका याम नारायण अर्याल भने ईलाका प्रहरी कार्यालय हंशपुर कास्की सरुवा भई गएका छन् ।
साउन ३० गते तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौको च.न. ७११ को पत्र अनुसार अर्याल र सुवेदीकाे सरूवा भएको थियो ।