दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका क्षेत्रमा पछिल्लो समय विद्युत भोल्टेज कम आउदाँ ठूला विद्युतीय उपकरणहरु राम्रोसंग सञ्चालन हुन सकेको छैन् । जसका कारण स्थानीयहरु आजित भएका छन् ।
लोखनाथ वितरण केन्द्रका प्रमुख अमृत अधिकारीले दमौली–खैरेनीटारको ३३ केवी लाईन सडक निर्माणको क्रममा विद्युतका पोलहरु ढलेको उक्त समस्या सिर्जना भएको बताए । विद्युत आपूर्ती पूर्णरुपमा बन्द हुनु भन्दा बत्ति बाल्नका लागिमात्रै भएपनि पोखराबाट विद्युत प्रवाहा गरिरहेको प्रमुख अधिकारीले बताए । ‘दमौली–खैरेनीटार क्षेत्रका विद्युतका पोल सडक निर्माण गर्दा ढलेको छ । यसले गर्दा शुक्लागण्डकी, भिमाद, रिसिङ, घिरिङ क्षेत्रमा विद्युत सेवा अबरुद्ध भयो । हामीले बत्ति बाल्न मात्रै भएपनि सहज होस भनेर दमौली क्षेत्रको प्रशारण तोडेर पोखराबाट विद्युत प्रवाह गरिरहेका छौ । यसले गर्दा त्यस क्षेत्रमा भोल्टेज कम आएको हो’ उनले भने ।
दमौली खैरेनीटारसम्म दुई वटा विद्युतका पोल समस्या रहेको थियो । जहाँ एउटा पोलको काम पूर्ण रुपमा सक्किएको छ भने अर्काे पोलमा निर्माण कार्य भईरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको हुदाँ बेलुकासम्ममा विद्युत भोल्टेजमा सुधार आउने लोखनाथ वितरण केन्द्रका प्रमुख अधिकारीले बताए ।