दुलेगौंडा । शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिकोत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । सहकारीले शुक्लागण्डकी–५ झरौटामा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका ९ जना जेष्ठ नागरिकलाई दाल, नुन, तेल, चामल लागएतका खाद्यान्न सामग्री साथै जनहि नगद पाँच सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।
कार्यक्रमम गरेर बार्षिकोत्सव मनाउनु भन्दा कर्यक्रम गर्ने रकमबाट सामाजिक कार्य गर्न सकिने हुदाँ वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको सहकारी संञ्चालक समितिका अध्यक्ष शरद श्रेष्ठले बताए ।
वि. सं २०६८ मंसिरमा महायज्ञ संचालन गरि जनस्तरबाट संकलित रकमबाट ज्येष्ठ नागरिक सेवा केन्द्र (वृद्दाआश्रम) स्थापना गरिएको हो । हाल आश्रममा ९ जना वृद्धवृद्दाहरु बस्दै आएका छन् ।