दुलेगौंडा । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरबाराही मन्दिरको बेथितिको बारेमा शुक्लागण्डकी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
अभियानले ढोरबाराही क्षेत्र संरक्षण समिति निष्कृय रहेको हुदाँ समिति खारेज गर्न माग समेत गरेको छ । साथै अभियानले समितिमा स्थानीयको सहभागितालाई विषयलाई प्राथमिकता दिनुपर्ने कुरालाई जोड दिएको छ ।
अभियानले टेण्डर प्रक्रियाबाट प्राप्त आम्दानीको ८० प्रतिशत मन्दिर क्षेत्रको विकासका लागि खर्च गर्नुपर्ने, मापदण्ड बनाएर पुजारीको व्यवस्थापन गर्नुपर्ने, मन्दिरको गुरुयोजना निर्माण गर्नुपर्ने, मन्दिर क्षेत्र वरिपरि मदिराजन्य पर्दाथ विक्रि वितरण रोक लगाउने, सार्वजनिक यातायातको व्यस्थापन र भाडादर निर्धारण गर्ने लगाएतका विषयमा नगरलाई ध्यानाकर्षण गराएको हो ।
अभियानको सुझाब नगरले नियमसंगत रुपमा कार्यन्व्यनमा ल्याउने नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले बताए । नगरले विगतमा भएका गल्ती कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताए ।
अभियानका संयोजक शंकर पन्त लगाएत कोमलबहादुर बानियाँ, विज्ञान भण्डारी लगायत अभियानका सदस्यहरुले नगरपालिकाका उपप्रमुख राजुलाई ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेका थिए ।