दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा २९ ओैं विश्व आदिवासी दिवस हर्षाेल्लासका साथ मनाइएको छ । बुधबार नगरभित्रका आदिवासी जनजाति समुदायका नागरिक एकजुट भई दिवस मनाएका हुन् ।
दिवसको अवसरमा आदिवासी समुदायले आफ्नो भेषभूषा र पाेषाक भल्कने झाकी समेत प्रस्तुत गरेका थिए । साथै नगरभित्रका हरेक जनजाति समुदायका एक/एक व्यक्तिले मातृभाषामा मन्तव्य दिएका थिए । कार्यक्रम प्रत्यक समुदायले समुदायमा प्रचलित लाेक नृत्य र संस्कृतिलाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले जनजाति समुदायको कला र संस्कृतिकलाई पर्यटन संग जाेड्न आवश्यक रहेको बताए । जनजाति समुदायको नेतृत्व र व्यक्तित्व विकासका नगरपालिका सकारात्मक रहेको बताए ।
शुक्लागण्डकी नगरपालिकाकाे आर्थिक सहयाेग र आदिवासी जनजाति महासंघ, नगर समन्व्य समितिकाे आयाेजनामा दिवस मनाइएको हाे । समितिका अध्यक्ष तुलसीकुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुका अध्यक्ष सुजित हिराचन, शुक्लागण्डकी नगरपालिकाका संस्थापक मेयर किसान गुरूङ, शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक राजु लगाएतका व्यक्तिहरूकाे सहभागीता रहेको थियाे ।
शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र मगर, गुरुङ, नेवार, भुजेल, कुमाल, तामाङ, राई र थकाली गरि ८ जातिका मानिसहरु वसोवास गर्दछन् । वि सं. २०७८ को जनगणना अनुसार नगरपालिका भित्र भण्डै ३५ हजार आदिवासी जनजातिहरु वसोवास गर्दछन् ।नगरमा वि सं. २०७१ सालदेखि याे दिवस मनाउन सुरू गरिएको थियाे ।