दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले २९ विश्व आदिवासी जनजाति दिवसको अवसरमा स्थानीय विदा दिएको छ ।
नगरपालिकाले मंगलबार पत्र सार्वजनिक गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय, बैक तथा वित्तीय संस्था, निजि संघसंस्थालाई स्थानीय विदा दिने निर्णय गरेको हाे ।
शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र मगर, गुरुङ, नेवार, भुजेल, कुमाल, तामाङ, राई र थकाली गरि ८ जातिका मानिसहरु वसोवास गर्दछन् । वि सं. २०७८ को जनगणना अनुसार नगरपालिका भित्र भण्डै ३५ हजार आदिवासी जनजातिहरु वसोवास गर्दछन् ।