दुलेगौंडा । गएरातीदेखि परेको अबिरल बर्षका कारण नदि तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको छ । जस कारण नदि तटीय क्षेत्र तथा नदी किनारमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल देशका अधिकांश क्षेत्रमा वर्ष भईरहेको छ । वर्षाका कारण सेतीनदीमा पानीको वहाभ बढेको छ । शुक्लागण्डकी–४ र ८ को संगम स्थल पुल्चोक क्षेत्रमा सुरौदी खोला र सेती नदि उर्लिएर जलमग्न भएको छ ।
बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।