दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ बेलचाैतारामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आँखा पाक्ने राेग सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । शुक्लागण्डकी नगर पालिका स्वास्थ्य शाखाकाे संयाेजन र बेलचाैतारा आधारभुत स्वास्थ्य शाखाकाे आयाेजना उक्त सचेतना कार्यक्रम गरिएको हाे ।
पछिल्लो समय याे राेगकाे संक्रमण फैलिन थालेपछि विद्यार्थीलाई सजक बनाउन सचेतनामूलक कार्यक्रम गरिएको शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापाले बताए ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर मगरले आँखा पाक्ने राेगकाे लक्षण देखा परेमा विशेष सतर्कता अपनाउनु पर्ने बताए । `एक्कासी आँखा रातो हुने, आँखा चिलाउने, आँसु बग्ने, आँखा सुन्निनु आँखा पाक्ने रोगका लक्षण हुन´ उनले भने `यस्ता लक्षण देखा परेमा बेला बेला सफा पानीले आँखा सफा गर्ने, कालो चस्माको प्रयोग गर्ने, जथाभावी रुपमा आँखा छुने र चलाउने गर्नु हुदैन ।´
कार्यक्रममा बेलचाैतारा आधारभुत स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र थपलिया, वडा सदस्य ज्याेति बि .क, जनकल्याण मा.बि. प्रधानाध्यापक दिपक बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियाे । विद्यार्थीलाई आँखा पाक्ने राेगका बारेमा शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख थापा ,फुलबारी अस्पतालका स्वास्थ्यकर्मी सफल आले, बेलचाैतारा आधार भूतस्वास्थ्य केन्द्रका प्रमुख थपलिया तथा स्याउली बजार आधारभुत स्वास्थ्य शाखा प्रमुख मनिस श्रेष्ठले सचेत गराएका थिए ।