काठमाडौं । गण्डकी प्रदेश सरकारले १ सय दिनको उपलब्धी सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको १ सय दिनेको मुख्य उपलब्धी संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना गर्नुलाई मानेको छ । मृगौलाका बिरामीले डायलासिस गर्न पालो कुर्न नपर्ने बनाउन २२ वटा डायलासिस मेसिन किनिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
नीति तथा कार्यक्रम र बजेट पारित, मुख्यमन्त्री कार्यालयले प्रदेशलाई अझै मजबुत बनाउन गण्डकीकै मुख्यमन्त्रीको सक्रियतामा मुख्यमन्त्रीको भेला गरी १७ बुँदे धारणा सार्वजनिक गरेको र पोखरामा राष्ट्रिय समन्वय परिषदको बैठक गर्नुलाई पनि उपलब्धी मुलुक भनेको छ ।
पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि ३३ लाख रुपैयाँको औषधी खरिद गरी जिल्ला जिल्लामा पठाएको पनि गण्डकी सरकारको १ सय दिनको उपलब्धीमा राखिएको छ ।