दुलेगौंडा । सेती नदिमा एउटा शव फेला परेको छ । गएराती म्याग्दे गाउँपालिका-५ थाङ्दीस्थित सेती नदिको छेउमा पुरुषको शव फेला परेको हाे ।
गएराती साझतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयकाे खबरपछि प्रहरी घटनास्थलमा पुगेर शवलाई नदिबाट निकालिएको थियोे ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक यामनारायण अर्यालकोअनुसार शवकाे अहिलेसम्म पहिचान हुन सकेको छैन् । शवकाे पोष्टमार्टकोलागि दमौली पठाइएको अर्यालले बताए ।
मृतक पुरूषकाे उमेर करिव ३५ वर्षको देखिने अर्यालले बताए । हाफ जिन्स पाइन्ट लगाएका पुरुषको शव पहिचानमा सहयोग गर्न प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।