दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा स्थानीयहरुले श्रमदान गरेका छन् । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले गाईका लागि आवश्यक पर्ने घाँस उत्पादन गर्न आयोजित श्रमदान कार्यक्रममा स्थानीयहरु सहभागि रहेका थिए ।
श्रमदानको तेह्रै शनिवार गौं संरक्षण केन्द्र परिषरका खाली भागमा वृक्षारोपण गरिएको अभियानका संयोजक शंकर पन्तले बताए । उनका अनुसार श्रमदानमा गरिएको कार्यले गाईको लागि आवश्यक घाँस उत्पादन गर्न सकिएको छ ।
बनमासाले ढाकेको संरक्षण केन्द्रमा उतिबेला घाँस उब्जीन थालेको छ । यसअघि रोपिएका घाँसको गोढमेल कार्य गरिएको थियो । आज भएको श्रमदान कार्यमा नगर क्षेत्रभित्रका आमा समुह, टोल विकास संस्था लगाएत आम सर्वसाधारण नागरिक सहभागि रहेका थिए ।