तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थिती त्रिशुली नदी र कालीगण्डकी नदीको संगमस्थलमा एक पुरुष अस्तु सेलाउन जाँदा नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङ तुल्सीपुर नगरपालिका–१२ का ३२ बर्षिय लोकेन्द्र भुषाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहीवार लोकेन्द्र आफ्ना दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका थिए । अस्तु सेलाएर नुहाउने क्रममा नदिले बगाएको बुझिन आएको छ । बेपत्ता लोकेन्द्रको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।