दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सामुदायीक विद्यालयका स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन पास नगरि तलब भत्ता भुक्तानी गरेको छ । जस कारण राष्ट्रिय किताबखाना(शिक्षक) ले नगरपालिकालाई कारबाही गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफरीस गरेको छ ।
शिक्षा नियमावली २०५९(संसोधन सहित) को नियम १२६ उपनियम २ बमोजिम प्रत्यक पालीकाले सामुदायीक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलबि प्रतिवेदन राष्ट्रिय किताबखाना(शिक्षक)बाट पारित गरि तलब भत्ता भुक्तानि गर्नुपर्ने व्यवस्था छ । तर, शैक्षिक शत्र २०७९ मा शुक्लागण्डकी नगरपालिकाले प्रतिवेदन नै पास नगरि तलब भत्ता भुक्तानी गरेको हो ।
शुक्लागण्डकी नगरपालिका सहित देशभरीका १६९ पालिकाले पनि तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गरेको छ । राष्ट्रिय किताबखाना(शिक्षक) का कामु (उप महानिर्देशक)रामराज खकुरेलका अनुसार १६९ पालिकाहरुको नाम समावेश गरी प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि मन्त्रालय पठाइएको छ ।