दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ ले टोलटोलमा घुम्ती सेवा सञ्चालन गरेको छ । सामान्य कामको लागि पनि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न वडाले घुम्ती सेवा सञ्चालन गरेको हो । घुम्ती सेवा मार्फत जेष्ठ नागरि अपाङ्ग नागरिक, एकल महिला र दलित बालबालिकाको भत्ता कार्ड नविकरण गर्ने र जग्गाको कर ९तिरो तिर्ने० संकलन गरिएको छ ।
शुक्लागण्डकी–३ कवासेकी धनमाया क्षेत्री घर नजिकै आफ्नो भत्ता कार्ड नविकरण गर्न पाउदाँ खुसी छिन् । विगतमा १÷२ घण्टा लगाएर वडा कार्यालयसम्म पुगेर भत्ता कार्ड नविकरण गर्ने अवस्था रहेको क्षेत्री सम्झछिन् । ‘पहिला बाटोको दुख थियो । हिड्न सक्थिन, १÷२ घण्टा लगाएर कार्ड नविकरण गरेर आउथे । अहिले नजिकै यस्तो सेवा आउँदा निकै खुसी छु’ उनले भनिन् ।
तिलबहादुर कार्की घुम्ती सेवा केन्द्रमार्फ नै जग्गाको कर तिरे । आफुहरु तल्लो भेगमा रहेको र वडा कार्यालय माथिल्लो भेगमा रहदाँ कर तिर्न आफुहरुलाई अपाईक परेको कार्कीले बताए । साथै वडा कार्यालयसम्म जान नसक्दा अरु वडामा गएर कर तिर्नुपर्ने बाध्यता सिर्जना भएको उनको भनाई छ । तर, अहिले वडाले घुम्ती सेवा सञ्चालन गर्दा आफ्नो वडाबाटै कर तिर्न पाउदाँ खुसी लागेको बताए ।
शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेलका अनुसार घुम्ती सेवा सञ्चालन गर्न वडालाई मात्रै नभई जनतालाई पनि फाईदा पुगेको बताए । साथै वडाध्यक्ष भुजेलका अनुसार विगतमा आफ्नो वडामा संकलन हुने कर अन्य वडा जाने हुदाँ वडाको कर संकलनमा कमी आएको साथै विकास वजेटमा पनि प्रभाव परेको थियो । अहिले घुम्ती सेवा संञ्चालन गर्दा वडामा संकलन हुने कर वडामा नै राख्न सफल भएको उनको भनाई छ ।