दुलेगौंडा । तनहुको व्यास नगरपालिका–५ मा भरुवा बन्दुकले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ बर्षीय गीता आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
गएरती गीताको आफ्नै श्रीमान श्रीप्रसाद आलेले हत्या गरेको आरोप छ । सोही आरोपमा श्रीप्रसाद गएराति नै पक्राउ परेका हुन् । गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र गीताको दमौली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।