भिमाद । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले मुलुकको विकासका लागि तीनै वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन । साेमबार भिमाद नगरपालिकाको नीति, बजेट र कार्यक्रमको सार्वजनिक गर्दै मन्त्री आले मगरले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे ।
मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा मन्त्री आले मगरले जोड दिए । आर्थिक मामिला मन्त्री हैसियतले आफुले समन्वय गर्ने प्रयास गरिरहेको समेत बताए ।
तीन वटै सरकार तिन तिर हिडे मुलुकका हित कहिल्यै नहुने मन्त्री आलेकाे भनाइ छ । `अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन । एक आपसको सहकार्यले मात्र देशकाे दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । यसप्रति हामी सजक हुन जरुरी छ´ उनले भने ।