दुलेगौंडा । प्रतिनिधि सभाका सदस्य शंकर भण्डारीले संसारभरिकै सनातन हिन्दु धर्मावलम्बीहरूकाे आस्थाको केन्द्रविन्दु नेपाल रहेको बताएका छन् ।
साेमबार मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा सञ्चालित शिव महिमा बाेलबम धार्मिक महाेत्सवकाे समापन कार्यक्रममा बाेल्दै पशुपतिनाथ, मुक्तिनाथ, कैलाश पर्वत, शक्तिपिठ लगायतका हिन्दुहरूकाे प्रसिद्ध धार्मिक स्थलहरू नेपालमा रहेको हुदाँ संसारमै सनातन हिन्दु धर्मावलम्बीकाे आस्थाको केन्द्र नेपाल रहेको उनको भनाइ छ । साथै उनले हिन्दु धर्म हाम्रो पहिचान रहेको समेत बताए ।
वैज्ञानिक आविस्कारका लागि सनातन हिन्दु धर्मको धार्मिक ग्रन्थ वेदकाे मुख्य आवश्यकता रहेको समेत बताए । `संसारमै बढि खाेज अनुसन्धान हुने नासामा पनि सनातन हिन्दु धर्मको धार्मिक ग्रन्थकाे पढाइ हुन्छ । यसले पनि वेदको महत्त्व कति छ भनेर प्रष्टै बुझाउछ´ उनले भने ।
उनले संसारमा सबै धर्म समान रहेको हुदाँ सबै धर्मको सम्मान गर्नुपर्ने समेत बताए ।
धार्मिक महाेत्सवकाे मुल समारोह समितिका संयाेजक विमलप्रसाद रिमालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम धाम विकास समितिका अध्यक्ष हाेमनाथ लम्साल, शुक्लागण्डकी-२ का वडाध्यक्ष सुमनबहादुर राना मगर, शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, शुक्लागण्डकी-४ का वडाध्यक्ष राजकुमार वाग्ले, प्रशासन शाखा प्रमुख लिलाबल्लभ न्याैपाने लगायतकाे उपस्थित रहेको थियाे ।