दुलेगौंडा । गएरातीदेखि परेकाे बर्षाका कारण ढाेरबाराही माेटर मार्ग अबरुद्ध भएको छ । रातिदेखि परेको अविरल बर्षाले मान्द्रे खाेलामा बाटाे अबरुद्ध भएको स्थानीय अमृत क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार वर्षा अत्याधिक भएपछि खाेला छेउका ६ घरमा बाढी पसेको थियाे । साथै बर्षाका कारण रातिदेखि मान्द्रे खाेला छेउका स्थानीय त्रसित रहेका थिए ।
मान्द्रे खाेलामा निर्माणाधीन पुल पुर्ण नभएको र अस्थायी बाटाे माथिबाट खाेला हिडेकाे हुदा बाटो अबरुद्ध बनेको छ ।