दुलेगौंडा । मिलेनियम ट्रेकको प्रवद्धनको लागि पथयात्रा गरिएको छ ।
प्लान्ट हिमालयको आयोजनामा भुजिकोटदेखी नयापुल, गौं संरक्षण केन्द्र, रर्क गार्डेन, रजस्थल, ढोरबाराही, बाजस्थल, लामागाँउ, घडेरी, मिलेनियम गुफा हुदाँ स्याङजाको राम्बाच्छा सम्म यात्रा गरिने भएको छ ।
प्लान हिमालयका प्रबन्धक चन्द्रबहादुर जिटीका अनुसार पर्यटकलाई मिलिनियम ट्रेकको बाटोमा अगाडि बढाउनका निम्ती पथयात्रा सुरु गरेको बताए । उनका अनुसार पहिलो चरणमा ट्रेकिङ्ग गाइडहरुलाई पथयात्रा गराईएको छ । ‘सुरुमा हामीले पथपर्दशकलाई यात्रा गराएका छौं । यस पछि विस्तारै पथ पर्दशकहरुले पर्यटकहरुलाई उक्त मार्गमा हिडाउन सक्छन् । यसले गर्दा पर्यटकीय क्षेत्रको प्रवद्धन हुनुका साथै मिलिनियम ट्रेक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास हुन सक्छ ।
पथयात्रामा संलग्न ट्रेकिङ्ग गाइड राजकुमार श्रेष्ठले यात्राको क्रममा जंगल, गाउँबस्थि, टाइगर ट्रयाप, गौं संरक्षण केन्द्र, ढोरबाराही मन्दिर, मिलिनियम गुफा लगायत ठाउँ र गाउँको दृश्यावलोकन गर्न समिने बताए ।