दुलेगौंडा । प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा जारि शिबमहिमा बोलबम धार्मिक महोत्सवमा दिन प्रतिदिन भक्तजन र दर्शनार्थिको भिड बढेको छ ।
मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालका अनुसार दिउसको समय भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न र बेलुकाको समय महाआरति हेर्नका लागि भक्तजन र दर्शनार्थि धाम परिसरमा बढि आउने गरेका छन् । धाममा आउने भक्तजन र दर्शनार्थिलाई बस्न र मन्दिर दर्शन गर्नका लागि विशेष प्रबन्ध मिलाउदै आएको लम्सालले बताए ।
च्यवन धाममा यहि श्रवाण ८ गतेदेखी धार्मिक महोत्सव सुरु भएको थियो । यो महोत्सव १५ गतेसम्म सञ्चालन हुने आयोजकाले जनाएको छ ।