दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ ले जेष्ठ नागरिक, अशक्त र अपाङ्ग नागरिकलाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नगरिक, अपाङ्ग एवम् अशक्त नागरिकले धेरै कष्ठ गर्नुपरेको हुदाँ वडाले वैकसंग समन्व्य गरेर घर घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष खड्क सिं थापाले बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण संगै भत्ता काडको नविकरण पनि गरिएको छ ।
अशक्त नागरिक दुख गरेर वडामा आउनु भन्दा हामी नै उहाँहरुको घरमा जान उपयुक्त हुने हुदाँ यस अभियान सुरु गरेको वडाध्यक्ष थापाले बताए । उनका अनुसार वडाले एक हप्ता प्रत्यक टोलमा गएर जेष्ठ नागरिकको भत्ता काडको नविकरण र जेष्ठ नागरिक भत्ता वितरण गर्ने छ ।