दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ शुक्लागण्डकीले भोलि अर्थात श्रावण १० गते वृहत रक्तदान कार्यक्रम गर्दै छ ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले रक्तदान कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष खुम राईले बताए । ‘पछिल्लो समय अस्पतालमा रगत अभाव भईरहेको छ । हामीले अस्पतालमा हुने रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम गर्न लागेका हौं’ उनले भने ।
अध्यक्ष राईका अनुसार क्लबको बार्षिक कार्यक्रम अन्र्तगत रहेर यस कार्य गरेको बताए । रगत दान गर्नु भनेको जीवन दान सरह रहने हुदाँ सबैलाई रक्तदानमा सरिक हुन आग्रह समेत गरे । भोलि हुने रक्तदान कार्यक्रममा भागवत मञ्जरी राधिका दासी पनि सहभागि हुनेछिन् । रक्तदान कार्यक्रम दुलेगौंडामा हुने अध्यक्ष राईले बताए ।