दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा महाआरति हुने भएको छ ।
साउन ८ गतेदेखि १५ गतेसम्म हुने ‘शिवमहिमा बोलबम महोत्सव’को अवसरमा च्यवन धाममा महाआरति गरिने भएको हो । धार्मिक महोत्सव अवधिभर हरेक दिन बेलुका सध्याकालिन आरति हुने महोत्सवका मुल समारोह समिति संयोजक विमलप्रसाद रिमालले बताए ।
गत वर्ष सामान्य आरती गरिदै आएपनि यसबर्ष भने महोत्सवलाई विशेष बनाउन महाआरती गर्न लागेको च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताए । उनका अनुसार ‘महाआरती’ले धार्मिक पर्यटन प्रवर्द्धन विश्वास लिईएको छ ।
बोलबम महोत्सवमा भागवत मञ्जरी राधिका दासी जीको विशेष संगीतमय प्रवचन हुने छ । धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।