दुलेगौंडा । नेपाल उत्पीडित जातीय मुक्ति समाज तनहुँको अध्यक्षमा भरद लामगादे सर्वसम्मत रुपमा चयन भएका छन् ।
शनिबार दमौलीमा सम्पन्न समाजको सातौ जिल्ला सम्मेलनले लामगादेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षहरु मनोज सुवर्णकार र फुलमाया नेपाली सचिव टोप वहादुर रामदाम, उपसचिवहरु रुद्र वीर वि क र सन्तोष विक, कोषाध्यक्ष कोपिला नेपाली चयन भएका छन् ।