दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा लगाईएको घाँसका विरुवाको गोडमेल गर्ने कार्य सुरु भएको छ । यसअघि श्रमदानद्धारा विरुवा रोप्ने कार्य सुरु गरिएको थियो भने अब विरुवाको हेरचाहा गर्ने कार्यलाई प्राथमिकता दिर्ईएको सुशासन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानका सदस्य एवम् कार्यक्रम संयोजक विज्ञान भण्डारीले बताए ।
विरुवा लगाउनु आफैमा महान कार्य थियो भने विरुवाको हेरचाहा र गोडमेल गर्नु आफुहरुको जिम्मेवारी रहेको बताए । ‘हामीले विरुवा रोपौं, अव यसको हेरचाहा पनि गछौं । यसका लागि गोडमेलको कार्यक्रमलाइृ अगाडी बढाउने छौं’ उनले भने ।
युवा अभियानका संयोजक शंकर पन्तले गौं संरक्षण केन्द्रमा अझै पनि घाँस लगाउनुपर्ने र सरसफाई गर्नुपर्ने बताए । उनले आम सर्वसाधारण नागरिकलाई हरेक शनिबार श्रमदानमा सरिक भईदिन आग्रह समेत गरे ।
आज भएको गोडमेल कार्यमा ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी टोmि सहि आम सर्वसाधानरण नागरिकको उपस्थिती रहेको थियो ।