दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू क्रान्तिकारी) तनहुँ गण्डकी प्रदेशमा नै उत्कृष्ट जिल्लाको रुपमा घोषित भएको छ ।
तनहुँलाई उत्कृष्ट जिल्ला बनाउन सफल भएको भन्दै अनेरास्ववियूका नेता मिलन महतलाई सम्मान गरिएको छ । उनलाई अनेरास्ववियूको गण्डकी प्रदेश कार्यसमिले एक कार्यक्रम विच सम्मान गरेको हो ।
अनेरास्ववियू गण्डकीका अध्यक्ष सुदिन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रिय सदस्य हरि चुमान, माओवादी नेतृ आशा कोईराला, अनेरास्ववियूका गण्डकी प्रदेशका ईन्चार्ज नारायण वडाल लगायतको उपस्थिती रहेको थियो ।