दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मकानपुरका कृषकलाई तालिम दिई मौरी सहितको घार वितरण गरिएको छ । सुर्य नेपाल प्रालिको आर्थिक सहयोग, शुक्लागण्डकी नगरपालिकाको समन्व्य र युनिक एग्रो कृषि प्रा लिको आयोजनामा कृषकलाई मौरीको घार वितरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत रहेर कृषकलाई तालिम सहित मौरीको घार वितरण गरिएको सुर्य नेपाल प्रालिका मानव संसाधन विभाग प्रमुख अञ्जन दुवाढीले बताए । नगरको वडा नम्बर २ लाई मौरीको पकेट क्षेत्रको रुपमा विकास गर्न सुर्य नेपालद्धार कृषकलाई ३ दिने तालिम दिई घार वितरण गरिएको बताए । २५ जना कृषकहरुलाई मौरी सहितको घार र एउटा खालि घार वितरण गरिएको दुवाढीले बताए ।
नगरपालिकाको मकानपुर, भुजिकोट, दगाम क्षेत्र मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास हुदै गएको नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले बताए ।
कार्यक्रममा युनिक मल्टी एग्रो प्रालिका प्रमुख हरि खड्का, शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डित, सुर्य नेपाल प्रलिका व्यवस्थापक बाबुराम कार्की, सुरक्षा विभाग प्रमुख हुमनाथ अर्याल, शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमनबहादुर राना मगर लगाएको उपस्थितीमा घार वितरण गरिएको थियो ।