दुलेगौंडा । डिभिजन वन कार्यलय तनहुँले शुक्लागण्डकी नगरपालिका–८ पाटमा रहेको शहिद पार्क निर्माण समितिलाई सम्मानित गरेको छ । जिल्लामा नै छोटो समयमा उत्कृष्ट पार्क निर्माण गरेको हुदाँ पार्क निर्माण समितिका अध्यक्ष एम्व शहिदकृष्ण वाचनालयका अध्यक्ष सागर महत कार्यालयले सम्मान गरेको हो । वन कार्यालय तनहुँले उत्कृष्ट सामुदायीक वन र उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।
ढोर क्षेत्रका पहिलो सहिदको रुपमा रहेको कृष्णप्रसाद पौडेलको सम्झनामा पार्कको निर्माण गरिएको थियो । लामो समयपछि पार्कको स्वरुप परिर्वतन गरेपछि यतिवेला बालक देखी वृद्ध व्यक्ति समेत रमाउने स्थलको रुपमा पार्क विकास भएको छ । साथै स्थानीयहरुले पनि सहिदको सममान भएको अनुभव गरेका छन् ।